Sep 15, 2010

रेखा थापा:-मेरा सेक्सी अङ्ग भनेको आँखा र ओठ



सिनेमाको पर्दामा कपडा खोल्ने मामिलामा अन्य नायिकाहरूभन्दा अलि बढी नै उदार देखिने नायिका रेखा थापा वास्तविक जीवन मा चै ‘चिसी’ छु भन्न रुचाउछिन । नायिका रेखा थापासँग राजन घिमिरेले सेक्सको बारेमा गरेको कुराकानी जस्ताको तस्तै |
सेक्स भनेको के हो -
सेक्सप्रति मेरो आफ्नै धारणा छ । सेक्सलाई म धेरै ठूलो कुरा मान्दिन । अरू धेरै मान्छे छन्, जो सेक्स भनेपछि मरिहत्ते हाल्छन् । तर म त्यो पक्षमा छैन ।
सेक्सलाई कस्तो र कुन अवस्थामा परिपूर्ति गर्नुपर्छ जस्तो लाग्छ ?
सेक्सलाई हरेक दिन प्रयोग गर्नुपर्छ भन्ने मेरा साथीहरू पनि छन् तर म यो कुरा मान्दिन । मेरो विचारमा सेक्स हप्ता वा महिनाको एकपटक गर्नुपर्छ भन्ने मान्यता राख्छु ।
नेपाली दर्शक र सिनेमा क्षेत्रमा हट नायिकाको रूपमा रेखा थापालाई चिन्छन् तर तपाईंले पटक-पटक म कोल्ड छु भन्दा कसरी पत्याउन सकिएला ?
हो म बाहिरी रूपमा एकदमै सेक्सी देखिए तापनि सेक्सको सवालमा भने कोल्ड छु । चलचित्रको पर्दामा जे देखिए तापनि वास्तविक रूपमा त्यो नहुन सक्छ ।
लोग्ने-स्वास्नीबीच पनि बलात्कार हुन्छ कि हुँदैन ?
यस्ता हुन्छ भन्ने म मान्दिन । नियतिको चाहनाविरुद्ध चाहिँ सेक्स हुने गरिन्छ यदि त्यो मेरा सवालमा होस् वा अरू नै कसैको सवालमा होस् । मलाई लाग्छ सेक्स हुँदा दुवैमा एकखाले सहमति हुनर्ुपर्छ ।
तपाईंलाई सेक्सी लाग्ने आफ्ना शरीरका अङ्गहरू के-के हुन् -
मेरा सेक्सी अङ्ग भनेको आँखा र ओठ नै हुन् ।
नेपाली चलचित्रका नायकहरूमा को लाग्छ सेक्सी -
दुर्भाग्य ! नेपाली सिनेमाका कुनै पनि नायकहरू सेक्सी देखिँदैनन् ।
नेपाली चलचित्र उद्योगमा बढी एक्सपोजर डाइरेक्टर को हुन् -
बसन्त श्रेष्ठ । उहाँ हाम्रो एक्सपोजर डान्स डाइरेक्र हुनुहुन्छ । उहाँले एक्सपोज गर्ने अङ्ग भनेकै हिप हो ।
रेखा थापालाई कुन हदसम्म एक्सपोज गरेमा दर्शकले पचाउलान् -
म बेडसिन दिने पक्षमा छैन र माउथ किस पनि दिन्न । किनकि नेपाली समाज त्यति उदार भइसकेको छैन ।
तपार्इंको कुनै फ्यानले अकस्मात् सेक्सको प्रस्ताव राखेमा… -
मेरा फ्यानहरूको सवालमा मेरो ओठ र गालामा चुम्बन गरेको अनुभव मसँग छ । तर, अहिलेसम्म सेक्सको प्रस्ताव कुनै पनि फ्यानले राखेको छैन । कसैले राखेमा त्यसबेला मबाट कस्तो प्रतिक्रिया आउला म अहिले नै भन्न सक्दिनँ ।

No comments:

Post a Comment