Sep 15, 2010

नेपाली Adult सिनेमा पलपलमा प्रदर्शन,१६ बर्ष माथिको लागि नेपाली Adult सिनेमा पलपलमा प्रदर्शन,१६ बर्ष माथिको लागि मात्र

नेपाली Adult सिनेमा पलपलमा प्रदर्शन,१६ बर्ष माथिको लागि मात्र
सेन्सर बोर्डबाट १६ बर्ष माथिका लागि मात्र उपयुक्त भनेर ‘एडल्ट’ सर्टिफिकेट दिईएको चलचित्र पलपलमा २५ गते देखी प्रर्दशनमा आएको छ।निकै लामो समय अगाडि बनेको भएपनि बिभिन्न कारणले गर्दा यो चलचित्र प्रदर्शन हुन सकेको थिएन।पछ्छिलो पल्ट भदौ १८ गते प्रदर्शन गर्न लागिए पनि बिशेष चलचित्र उपाधि दिईएको चलचित्र दाशढुङगाले आफ्नो चलचित्र १८ गते रिलिज गरे पछि पलपलमा को रिलिज मिति धकलिएको थियो।निर्देशक उकेश दाहालका अनुसार विश्वज्योति लगायत १६ वटा हलमा फिल्म चल्ने भएको छ। 
रिलिज हुनु पूर्ब देखिएका हट बेडसिनका तस्बिर ,चलचित्रको बिषय बस्तु पुरुष यौन कर्मी रहनु र यसले पाएको ‘A’ सर्टिफिकेटले गर्दा चलचित्रमा धेरै उत्तेजक र हट दुश्यहरु रहेको अनुमान गरिदै आएको छ।रमित ढुंगाना, दिलिप रायमाझी, सुजाता

टौला आदिले मुख्य अभिनय गरेका चलचित्रमा चलचित्र क्षेत्रबाट जापाल तिर पलायन भएकी रुपा राना लाई पनि देख्न सकिनेछ।सुजाता सिटौलाका हट तस्बिरहरु प्रोमोमा देखिए पनि उनी आफु ‘हट’ हिरोईन भनेर चिनिन नचाहेको भनिसकेकी छिन्।
सेन्सर सदस्य सुचित्रा श्रेष्ठका अनुसार A सर्टिफिकेट  (Nepali Adult Film) प्राप्त गरेको  चलचित्र भएकोले चलचित्र विकास बोर्ड र सेन्सर बोर्डले यसको अनुगमन गर्ने जानकारी गराईन।तर त्यो अनुगमन कसरी हुन्छ भन्ने कुरा खुलेको छैन।चलचित्रको टिकट लिदाँ नै नागरिता चेक गरिन्छ कि वा हलमा उपस्थित दर्शकको अनुगमन गरिनेछ यो पनि पछि नै थाहा हुनेछ।


सेन्सर सदस्य सुचित्रा श्रेष्ठका अनुसार A सर्टिफिकेट (Nepali Adult Film) प्राप्त गरेको चलचित्र भएकोले चलचित्र विकास बोर्ड र सेन्सर बोर्डले यसको अनुगमन गर्ने जानकारी गराईन 

source: http://www.bestcyberzone.com 

No comments:

Post a Comment