Sep 15, 2010

हिरारत्नमा ‘पलपलमा’ र ‘दबंग’ लडाई, जित ‘दबंग’कै

हिरारत्नमा ‘पलपलमा’ र ‘दबंग’ लडाई, जित ‘दबंग’कै
जिवन पराजुली
२०६७ भाद्र २८

राजधानीको कालोपुलस्थित हिरारत्न हलमा सोमबार बिहान आठ बजेको शोमा नेपाली र हिन्दि चलचित्रको लडाईँ पर्यो । नेपाली चलचित्रका मात्र दर्शक नभएका होईनन् हिन्दि चलचित्रका पनि नेपाली दर्शक न्युन भएको सो घटनाबाट प्रष्ट भएको छ ।
गत शुक्रबारदेखि प्रदर्शनमा आएको हिन्दि चलचित्र ‘दबंग’ले हिरारत्नमा त्यति धेरै दर्शक नपाएपछि अकस्मात सोमबार बिहानदेखि शुक्रबारदेखिनै प्रदर्शनमा आएको नेपाली चलचित्र ‘पलपलमा’ पर्दर्शन गर्ने निर्णय गरियो । तर सो समयमा भने ‘दबंग’नै प्रदर्शन भयो ।
‘पलपलमा’ चलाउने भनिएपनि सो चलचित्रको लागी एकजना पनि दर्शक नआएपछि सो समयमा करिव दश जनाको माग रहेको ‘दबंग’ प्रदर्शन गरिएको ‘पलपलमा’का बितरक सुनिल मानन्धरले बताउनुभयो ।
आईतबार चाबहिलमा रहेको गोपिकृष्ण मूभिजमा राम्रै दर्शक पाएको ‘पलपलमा’ले हिन्दि चलचित्र ‘दबंग’ले भन्दा राम्रो ब्यापार गर्ने अपेक्षा सहित प्रदर्शनको निधो गरिएको थियो ।

No comments:

Post a Comment